कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु

कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। उत्तरी कंगोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ।

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले विद्रोही लडाकुहरूले म्वेसो शहरमा मोर्टार बम प्रहार गरेको बताएका छन्। हमलामा २७ सर्वसाधारण पनि घाइते भएका छन्। बिहीबार साँझको आक्रमणपछि सर्वसाधारणले म्वेसोको सरकारी अस्पतालमा शरण लिएका थिए।

Logo