निर्वाचन प्रचारका क्रममा छायाँमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र पीटीआई

निर्वाचन प्रचारका क्रममा छायाँमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र पीटीआई

केन्द्रबिन्दु
0
Shares

मियाँवाली, पाकिस्तान । क्रिकेट खेलाडीबाट पाकिस्तानको राजनीतिमा उदाएका र विश्वभर ख्याति कमाएका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो निर्वाचन क्षेत्र र पुख्र्यौली मातृभूमि मियाँवालीमा निकै लोकप्रिय छन् ।

सडकमा टाँसिएका राजनीतिक पोस्टरमा उनको अनुहार देखिँदैन र उनको दलको झण्डा भेटिँदैन । पाकिस्तानको शक्तिशाली सेनाको सहयोग देखिएको वर्तमान् सरकारले व्यापक रूपमा गरेकोे निरन्तर कारबाहीका कारण पूर्वप्रधानमन्त्री खान र उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी मतदान अघि चुनावी अभियानमा लगभग छायाँमा परेको छ ।

मियाँवालीबाट पीटीआईका लागि पूर्वप्रधानमन्त्री खानको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेका ६१ वर्षीय जमाल अहसान खान भन्छन् , “हाम्रा पार्टीका कार्यकर्ताहरूले उत्पीडनको सामना गरिरहेका छन् र मलाई व्यक्तिगत रूपमा ज्यान मार्ने धम्की आएको छ ।”

“मैले आफ्नो जीवनकालमा यो जस्तो दवावमुलक र चेतावनीपूर्ण निर्वाचनको कहिल्यै अनुभव गरेको थिइनँ ।” दर्जनौं कानुनी चुनौतीको सामना गरिरहेका खानलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएका कारण फेब्रुअरी ८ मा चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।

देशभर, पीटीआईलाई -याली आयोजना गर्न अवरोध गरिएको छ र पीटीआईका कार्यक्रम तथा प्रचार अभियानलाई व्यापक सेन्सर गरिएको छ भने सञ्चारमाध्यमलाई विपक्षीहरूको कार्यक्रमहरूका रिपोर्टमा प्रतिबन्ध लगाइएको छ । उनले पार्टीको अभियानलाई लगभग पूर्ण रूपमा अनलाइनमा धकेल्नेछ ।

निर्वाचन आयोगले देशभरका दर्जनौँ उम्मेदवारको मनोनयनपत्रसमेत अस्वीकृत गरिसकेको छ ।

पार्टीका अन्य उम्मेदवारहरू जस्तै, वफादार अहसान खान पनि चुनावको तयारीको दौडान मा नै पनि खुलारूपमा सभाहरू गर्न वा पर्चाहरू वितरण गर्न असमर्थ देखिन्छन् । उनले एएफपीसँग भने, पाकिस्तानको प्रमुख राजनीतिक दलको उम्मेदवारको हैसियतले मैले आफ्नो चुनावी अभियानलाई अर्थपूर्ण रूपमा सञ्चालन गर्न नसक्नु दुःखद् भएको छ ।

मतदान हुन दुई हप्ता बाँकी छ, २४ करोडभन्दा बढी जनसङ्ख्या भएको देशमा सामान्यतया चुनाव हुने उत्साह र उमङ्गमा कोही पनि छैन । -एएफपी

Logo