डब्लूडब्लूईका संस्थापकले यौन उत्पीडनको आरोपपछि दिए राजीनामा

डब्लूडब्लूईका संस्थापकले यौन उत्पीडनको आरोपपछि दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

डब्लूडब्लूईका संस्थापक भिन्स म्याकमोहनले यौन उत्पीडनको आरोपपछि राजीनामा दिएका छन् ।

म्याकमोहनमाथि यौन उत्पीडन, बेचबिखन र शारीरिक दुर्व्यवहारको त्रासदायक आरोप लागेपछि डब्लूडब्लूईको मूल कम्पनी टिकिओको कार्यकारी अध्यक्षको पदबाट राजीनामा दिएका हुन् ।

कुश्ती बेहेमोथ म्याकमोहनको मुख्यालयमा काम गर्ने पूर्व टिकिओ कर्मचारी जेनेल ग्रान्टले दायर गरेको मुद्दापछि यो घटना बाहिर आएको हो । तर, म्याकमोहनले आरोपहरू अस्वीकार गरेका छन्, उनी सो आरोपको प्रतिरक्षाका लागि अदालत जान तयार छन्।

यद्धपी, शुक्रबार एक विज्ञप्ति जारी गर्दै म्याकमोहनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् । डब्लूडब्लूई र टिकिओका असाधारण व्यवसायी र यसका बोर्ड सदस्यहरू र शेयरधारकहरू, साझेदारहरू र घटकहरू यो कम्पनिलाई विश्व नेता बनाउन मद्दत गर्ने सबै कर्मचारीहरू र सुपर स्टारहरूका लागि सम्मान गर्दै मैले आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको छु’ उनले भनेका छन ।

उनका अनुसार कार्यकारी अध्यक्षता र टिकिओको बोर्ड अफ डाइरेक्टर पदबाट दिएको राजिनामा तुरुन्तै लागू समेत हुनेछ ।

डब्लूडब्लूईका सिइओ र अध्यक्षको रूपमा सेवा गर्दा म्याकमोहनले धेरै महिलाहरूलाई कम्तिमा २०२० देखि प्रसारित रहेका छन् तर ग्रान्टले बिहीबार दायर गरिएको मुद्दाले म्याकमोहनको कथित दुर्व्यवहारको हदमा नयाँ गम्भिर मोड ल्याएको हो ।

सो मुद्दामा ग्रान्टले आरोप लगाएकी छन् कि म्याकमोहनले सेक्सको बदलामा डब्लूडब्लूईमा पदोन्नति गर्ने भन्दै जागिरको प्रस्ताव राखेका थिए । ग्रान्टको मुकदमाले यो पनि आरोप लगाएको छ कि म्याकमोहनले कम्पनीको प्रतिभा सम्बन्ध विभागमा काम गर्ने जोन लौरिनाइटस लगायत कम्पनीभित्र र बाहिर अन्य पुरुषहरूमा उनलाई बेचबिखन गरेको र मुद्दामा प्रतिवादीको रूपमा पनि नाम दिइएको छ।

Logo