‘युएनआरडब्ल्युए’ लाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग

‘युएनआरडब्ल्युए’ लाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। इजरायल–हमास युद्धकाबीच अमेरिकासहित ६ देशले संयुक्त राष्ट्रसंघको एउटा एजेन्सीलाई आर्थिक सहयोग रोकेका छन्।

इजरायलले युएनआरडब्ल्युए संस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न भएको आरोप लगाएको थियो। त्यसपछि एजेन्सीले सबैलाई बर्खास्त गरेको थियो।

युएनआरडब्ल्युए प्रमुख फिलिप लाजारिनीले एजेन्सीको प्रतिष्ठा जोगाउन सबैलाई बर्खास्त गर्ने निर्णय गरिएको बताए । यो एजेन्सी १९४८ मा स्थापना गरिएको थियो।

हाल यो एजेन्सीले गाजा, वेस्ट बैंक, सिरिया, जोर्डन र लेबनानका ६० लाख मानिसहरूलाई सहयोग गरिरहेको जनाएको छ। यसको उद्देश्य आम नागरिकहरूलाई राहत सामग्री उपलब्ध गराउनु र उनीहरूलाई मद्दत गर्नु हो।

हालसम्म अमेरिका, बेलायत, फिनल्याण्ड, क्यानडा, अष्ट्रेलिया र इटालीले युएनआरडब्ल्युएलाई आर्थिक सहयोग रोक्ने घोषणा गरिसकेका छन्।

Logo