नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या

केन्द्रबिन्दु
0
Shares

अबुजा । नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसिभ काङ्ग्रेस (एपीसी) पार्टीका प्रवक्ताको हत्या भएको छ । अज्ञात बन्दुकधारी समूहले पठारको मध्य राज्यमा यसै सप्ताहन्तमा प्रवक्ताको हत्या गरेको स्थानीय प्रहरीले सोमबार जनाएको छ।

शनिबार राति पाङ्कशिन क्षेत्रस्थित विश्राम स्थलमा बन्दुकधारीहरूले आक्रमण गर्दा प्लेटो राज्यका एपीसी प्रचार सचिव सिल्भानस नामाङको मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले बताए। विज्ञप्तिमा भनिएको छ, “अपहरणकर्ता भएको आशङ्कामा ७ जना बन्दुकधारीहरू पाङ्कशीन-जोस सडकको छेउमा रहेको विश्राम केन्द्रमा प्रवेश गरी मालिकको अपहरण गरेका थिए।”

डिस्ट्रेस कल प्राप्त गरेपछि प्रहरीले घटनास्थलमा टोली पठाएको थियो जसले अपहरणलाई विफल पार्यो तर आक्रमणकारीहरूसँग गोली हानाहान भएको थियो। सबै जना संदिग्धहरू गोली लागेर भागेका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । -सिन्ह्वा

Logo