यी हुन् मु्म्बईका ग्याङ्गस्टार छोटा राजनसहित विभिन्न घरमा चोरी गर्ने चोर

यी हुन् मु्म्बईका ग्याङ्गस्टार छोटा राजनसहित विभिन्न घरमा चोरी गर्ने चोर

केन्द्रबिन्दु
126
Shares

भारत । मुम्बईमा ग्याङ्गस्टर छोटा राजनको घरमा चोरी गरेका एक चोरलाई प्रहरीले पक्राउ गरेका छ। उनले राजनको घरमा मात्रै नभइ अन्य थुप्रैको घरमा चोरी गरेका थिए।
प्रहरीले उनलाई पक्राउ गरेपछि उनका एक अर्का सहयोगीलाई पनि हैदराबादबाट पक्राउ गरेको छ।

महाराष्ट्रका धेरै सहरमा प्रहरीका लागि टाउको दुखाइ बनेको यी चोर मोहम्मद सलीम उर्फ ​​हबिब कुरैशी भएको प्रहरीले जनाएको छ। ५१ वर्षिया उनीविरुद्ध धेरै प्रहरी चौकीमा २ सयभन्दा बढी मुद्दा दर्ता भएका छन्।

प्रहरी अधिकारीका अनुसार उनी मुम्बईका बासिन्दा हुन्। तर, उनी विगत केही वर्षदेखि हैदरावादमा बस्दै आएका थिए। उनीसँगै पक्राउ परेका उनका सहयोगी मुम्बईको गोवन्दी क्षेत्रका बासिन्दा हुन्। उनीविरुद्ध पनि करिब दुई दर्जन मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

नागरपुर प्रहरीका अनुसार उनीहरू मिलेर मार्च २६ मा एक स्थानीय व्यापारीको घरबाट १८ लाख नगद रुपैयाँ र गहना चोरेका थिए।

सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

Logo