उवरमा एक लाख बीवाईडी कार सामेल हुने

उवरमा एक लाख बीवाईडी कार सामेल हुने

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा एक लाख युनिट बीवाईडीका कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसँग सम्झौता गरेको हो ।

उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिनसमेत यी दुई कम्पनीबीच सम्झौता भएको छ । साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको छ ।

उवर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ । चिनियाँ ब्रान्डका ईभीको बढ्दो दबदबा रोक्न यूरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बाबजुत उवरसँग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरूले निकै अर्थपूर्ण रूपमा लिएका छन् ।

यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी समेत गरेका छन् । बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उवरले जनाएको छ । क्यानाडा, अष्ट्रेलिया र न्युजिल्याण्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ ।

Logo