ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ४२ हजार पाँचसय पुग्यो

ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ४२ हजार पाँचसय पुग्यो

केन्द्रबिन्दु
70
Shares

एजेन्सी । गाजा पट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुगेको छ ।

पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ ।

पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । २०२३ अक्टोबर यता प्यालेस्टाइन–इजरायली द्वन्द्वमा १० हजार बढी घाइते भएका छन् । (सीसीटिभीप्लस÷एनएनबी)

Logo