ट्विटले मिस टर्किको ताज खोसियो

ट्विटले मिस टर्किको ताज खोसियो

केन्द्रबिन्दु
0
Shares

इस्तानबुल, ७ असोज । मिस टर्किको उपाधि जितेकी १८ बर्षिया इतिर इसेनले केही महिना अगाडी गरेको ट्विट आपत्तिजनक भएको जनाउदैं आयोजकले उनले जितेको उपाधि फिर्ता लिएका छन् ।

उपाधि जितेर चर्चामा आएकी इतिरले गत जुलाई १५ मा मनाईएको शहिद दिवसको दिन गरेको ट्विट अहिले भाइरल हुन पुगेको थियो । उक्त दिन उनले आफु महिनावारी हुदाँ शरीरवाट निस्किएको रगत र शहिद हुनेहरुको शरीरवाट निस्किएका रगत एउटै जस्तो लाग्छ भनेर ट्विट गरेकी थिइन् । उनको उक्त ट्विट गत बर्ष टर्किमा सैनिक बिद्रोह भएर सत्ता कब्जा गर्दा ज्यान गुमाएका २ सय ५० शहिदहरुको संझनामा रहेको थियो ।

उनको ट्विट भाइरल भएपछि धेरैले सामाजिक संजालमा उनले माफि माग्नु पर्ने र उनलाई टर्किको प्रतिनिधित्व गराउदैं मिस वल्र्डमा पठाउन नहुने देखि उनको हालै पाएको उपाधि पनि खोस्नु पर्ने बताएका थिए । चौतर्फि दवाव आएपछि आयोजकले उनको उपाधि फिर्ता लिएर सोही प्रतियोगिताकी उपविजेता रहेकी एस्ली सुमेनलाई मिस टर्किको उपाधि दिएको छ । एजेन्सी

Logo