किमको यौन दासी माथीको अत्याचार सार्वजनिक

किमको यौन दासी माथीको अत्याचार सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

सियोल, ५ असोज । उत्तर कोरियाका तानाशाह किम जोङ उनले कुनै पनि राम्री युवतीलाई यौन दासीको रुपमा राख्ने र गर्भवती भएमा हत्या गर्ने गरेको कुरा सार्वजनिक भएको छ ।

उत्तर कोरियाको राजधानी प्योङयाङवाट भागेर दक्षिण कोरिया आइपुगेकी एक प्रत्यक्षदर्शी युवतीले किमको अत्याचारको बर्णन गरेपछि उनको अत्याचारको अर्को घटना सार्वजनिक भएको हो । उत्तर कोरियाकै सेनाका कर्नेलकी छोरी हि योन लिमले बेलायतवाट प्रकाशित हुने मिरर पत्रिकालाई बताउदै भनिन्– किमले कुनै पनि स्कुलमा पढ्ने सबैभन्दा राम्री केटीलाई उठाएर लगेर यौन दासीको रुपमा राख्ने गर्थे । यसरी लगेका केटीलाई किमलाई कसरी खुशि पार्ने भनेर प्रशिक्षण गराएर यौन सेवामा लगाउने गर्थे । सेवामा ति केटीले कुनै किसिमको गल्ती गरेमा वा गर्भवती भएमा ति केटी कहाँ पुग्थिन् कसैलाई थाहा हुदैनथ्यो ।

२६ बर्षिया हि योनले ११ जना संगीतकर्मीहरुको सामूहिक हत्याको बर्णन गर्दै भनिन् । ११ जना संगीतकर्मीले अश्लिल चलचित्र निर्माण गरेको अभियोगमा पक्राउ गरेर उनीहरुको सामूहिक हत्या अत्यन्त क्रुर ढंगले गरिएको थियो । करिब १० हजार मानिसहरुलाई भेला गरेर उनीहरुको मुखमा पट्टी बाँधेर ल्याइएको थियो । मुखमा पट्टी बाँध्दा उनीहरु नकराउन् भन्ने थियो । उनीहरुलाई कोर्राले हिर्काउदैं ल्याइयो र उनीहरुलाई एन्टि एयरक्राफ्ट गनको प्रयोग गरेर हत्या गरियो । एन्टि एयरक्राफ्ट गनको प्रहारले उनीहरुको शरीर क्षतविक्षत भयो अनि ट्यांक आएर टुक्रा परेका शरीरलाई कुल्चिन थाल्यो ।

एक पटक किमले हि योन पढ्ने स्कुलकै एक सर्वाधिक राम्री केटीलाई छानेर यौन दासीको रुपमा लगे । उनले जान नचाहदाँ किमका सेनाहरुले घिसारेर लगे । ति युवतीको पछि कुनै किसिमको जानकारी नै प्राप्त भएन । हि योनका अनुसार प्योङयाङमा किमको प्रसंसा मर्नुपर्ने डरले मात्र गर्ने गर्छन् । एजेन्सी

 

Logo