मेक्सिकोको भुकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ४० नाग्यो

मेक्सिकोको भुकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ४० नाग्यो

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । असोज ४ । अपडेट,

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ४० नागेको बिबिसीले जनाएको छ । भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

सरकारी अधिकारीका अनुसार उक्त भूकम्पको तीब्रता ७ दशमलव १ म्याग्निच्युट मापन गरिएको छ । भूकम्पको ठूलो धक्का राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा महसुस भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । मंगलबार भूकम्प गएको समयमा मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।मेक्सिकोमा ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो । जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए । यसै महिना पनि ८ दशमलव १ रेक्टर स्केलको भूकम्प देशको दक्षिणी भागमा गएको थियो । जसमा ९० जनाले ज्यान गुमाएका थिए ।

Logo