रोहिंग्या मुस्लिमको मृत्यु–यात्रा, यसरी पुग्दैछन् बंगलादेश

रोहिंग्या मुस्लिमको मृत्यु–यात्रा, यसरी पुग्दैछन् बंगलादेश

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ असोज

म्यानमारमा जारी हिंसाको कारण पछिल्लो दुई हप्तादेखि रोहिंग्या समुदायका दुई लाख बढी मानिस आफ्ना घर छाडेर अन्यत्र गएका छन् । त्यसमध्ये कतिपय बंगलादेश पुगेका छन् । बंगलादेशमा प्रवेश गर्नका लागि दुबै देशबीचको खतरनाक नदी पार गर्नुपर्छ ।

स–सानो डुंगामा कोचिएर उनीहरु बंगलादेशको समुन्द्री सीमासम्म पुगेका छन् । अधिक चापको कारण डुंगा पल्टने घटना सामान्यजस्तै भएको छ । यसरी डुंगा पल्टिएर अहिलेसम्म सयौ जना मरिसकेका छन् । बिस्थापनको यो सिलसिला अझै जारी छ ।

उनीहरुलाई खतरनाक नदी पार गर्नुपर्ने समस्या मात्र छैन । नदी पार गरेपछि हिलोले भरिएको बाटोमा पैदल हिँड्नुपर्ने वाध्यता छ । त्यस्तै बाटोमा केहि किलोमिटर छिचोल्नुपर्ने वाध्यता छ ।

म्यानमारमा यस्तो तनाव २५ अगस्टबाट सुरु भएको हो । जब रोहिग्या युवाले कथित तरिकाले प्रहरीको एक पोस्टमा हमला गरेका थिए र जबाफमा सैन्य कारबाही भएको थियो ।


कारबाही बढेपछि रोहिंग्या मुसलमानले देश छाडेर बंगलादेशलगायतमा आश्रय लिन थाले । उनीहरुको गाउँमा सेनाले आक्रमण गर्ने भयसँगै उनीहरुले देश छाडेका छन् । सेनाले चाहिं आफुमाथि रोहिंग्या युवाहरुले आक्रमण गरिरहेको बताएका छन् ।

२० हजारभन्दा बढी रोहिंग्या मुस्लिम बोर्डरमा फसेका छन् । संयुक्त राष्ट्र सुत्रका अनुसार म्यानरबाट भाग्ने क्रममा २० हजार रोहिंग्या सीमामा फसेका छन् । बंगलादेशको सीमा सुरक्षा बलले ११ बच्चासहित १५ रोहिंग्या मुसलमानको सव नदीमा फेला पारेका थिए । यसका साथै नदीमा डुबेर ४० जना मरिसकेका छन् ।

 

Logo