लाहोरको संसद सदस्यमा पूर्व प्रम नवाज शरिफकी श्रीमती विजयी

लाहोरको संसद सदस्यमा पूर्व प्रम नवाज शरिफकी श्रीमती विजयी

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद, २ असोज ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती बेगम कुलसुम नवाजले लाहोरमा भएको संसदको उपनिर्वाचनमा विजय हासिल गरेको खबर छ ।

पाकिस्तानको सर्वोच्च अदालतबाट गत जुलाइमा सांसद पद सम्हाल्न समेत अयोग्य ठहर गरी हटाइएका यहाँका वरिष्ठ राजनीतिज्ञ शरिफकी श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी थिइन् ।

सोमबार बिहान सार्वजनिक गरिएको अनौपचारिक नतिजाअनुसार कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याएकी छन् ।

लाहोरका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उनले ६१ हजार २५४ मत प्राप्त गरेकी छन् ।

एक बहुचर्चित भ्रष्टाचारसम्बन्धी मुद्दा, पानामा पेपर्समा हालसालै पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सांसद पद समेत धारण गर्न योग्य नहुने ठहर गरेपछि उनी राजीनामा दिएर बसिरहेका छन् ।

पूर्व प्रधानमन्त्री शरिफको राजीनामापछि नै उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो । सो चुनावमा सत्तारुढ पीएमएलएन पार्टीबाटै उठेर उहाँले सो बिजय हासिल गर्नुभएको हो ।

कुलसुम हाल क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । उहाँ लन्डनको एक अस्पतालमा उपचाररत हुनुहुन्छ ।

आफूले विजय हासिल गरेको खबर थाहा पाएपछि कुलसुमले आफूलाई मतदिने मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको उहाँकी छोरी मारयाम शरिफले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

उक्त विजयपछि पाकिस्तानको सत्तारुढ दल पिएमएलएनले चुनावी नतिजाले नवाज शरिफलाई भ्रष्टाचारको मुद्दामा राजनीतिक षड्यन्त्रको शिकार बनाइएको पुष्टि गरेको प्रतिक्रिया दिएको छ । (एजेन्सी)

Logo