काश्मिरमा फेरि गोली हानाहान, २ को मृत्यु

काश्मिरमा फेरि गोली हानाहान, २ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

श्रीनगर, ३१ भदौ । भारत नियन्त्रित काश्मिरमा शनिबार भएको गोली हानाहानमा कम्तीमा दुई जना लडाकूको मृत्यु भएको छ । श्रीनगरदेखि १६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा परी उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । 

लडाकूहरु भारत नियन्त्रित कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उनीहरु माथी कारबाही गरिएको भारतीय सेनाका प्रवक्ता कोल राजेश कालियाले जानकारी दिए  ।
आज हाम्रो सुरक्षा फौज माचिल क्षेत्रमा गएको थियो, घुसपैठ गर्न खोज्ने लडाकूहरुलाई सुरक्षा फौजले कारबाही गरेको छ, कालियाले भने । 

प्रवक्ताका अनुसार घटनास्थल क्षेत्रमा अहिले पनि सुरक्षा कारबाही जारी छ । हिमाली क्षेत्र काश्मिर भारत र पाकिस्तानमा विभाजित छ । दुवै पक्षले सो ठाँउ आफ्नो भएको दावी गर्दै आएका छन् । रासस/सिन्ह्वा

Logo