बेलायतमा छुरा प्रहार गरि सांसदको हत्यापछि अन्य सांसदलाई थप सुरक्षा

बेलायतमा छुरा प्रहार गरि सांसदको हत्यापछि अन्य सांसदलाई थप सुरक्षा

केन्द्रबिन्दु
0
Shares

बेलायतमा एक सांसदमाथि छुरा प्रहार गरि हत्या भएपछि अन्य सांसदहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ। कन्जरभेटिभका सांसद डेभिड अमेसलाई पूर्वी लन्डनको लेग अन सी सहरको एउटा चर्चमा शुक्रबार एक व्यक्तिले छुरा प्रहार गरेका थिए। मतदातासँग छलफल गरिरहेका बेला ६९ वर्षीय डेभिडको हत्या भएको थियो।

सो आक्रमणपछि अन्य सांसदहरुमा त्रास बढेको छ। उनीहरुलाई सरकारले थप सुरक्षाकर्मीको व्यवस्था गरेको छ। पाँच वर्षअघि पनि लेबरका सांसद जो कोक्समाथि यस्तै हमला भएको थियो।

शुक्रबारको हमलामा अतिवादी मुस्लिम समूहको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आक्रमणको आशंकामा प्रहरीले एक संदिग्ध व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरेको छ। स्कटल्यान्ड यार्ड्स काउन्टर टेरोरिजम कमान्डले घटनाबारे अनुसन्धान गरिरहेको छ।

गृहमन्त्री प्रिति पट्टेलले सांसदहरुलाई प्रदान गरिएको सुरक्षा व्यबस्था समीक्षा गर्न प्रहरीलाई निर्देशन दिएकी छिन्। सांसद र उच्च अधिकारीहरुले आफ्नो सुरक्षाप्रति चासो देखाएको उनले बताइन्।एजेन्सी

Logo