इतिहासमा आजः वेनेजिर भुट्टो स्वदेश फिर्तादेखि अमेरिकाको अधिनमा अलास्कासम्म

इतिहासमा आजः वेनेजिर भुट्टो स्वदेश फिर्तादेखि अमेरिकाको अधिनमा अलास्कासम्म

केन्द्रबिन्दु
0
Shares

आज १८ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

वेनेजिर भुट्टो स्वदेश फिर्ता
आठ वर्षको लन्डन र दुबई निर्वासनपछि सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो स्वदेश फर्किएकी थिइन्। स्वदेश निर्वासनको दुई महिनापछि एउटा चुनावी ह्यालीमा भुट्टोको हत्या भएको थियो। उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुन्।

पाइपलाईन विस्फोटमा २०० जनाको मृत्यु
नाइजेरियाको राष्ट्रिय पेट्रोलियम कर्पोरेसनको एउटा पाइपलाईनमा ठूलो विस्फोट भएको थियो। लागोस्थित पाइपलाईनमा भएको सो विस्फोटमा २०० जनाको मृत्यु भएको थियो। विस्फोटपछि लागेको आगो निभाउन ६ दिन लागेको थियो। 

 रूसबाट अमेरिकाले किन्यो अलास्का
हाल अमेरिकाको स्वामित्वमा रहेको अलस्का कुनै बेला रसियाली भूमि थियो। सन् १८६७ मा अलस्का अमेरिकाको महत्वपूर्ण क्षेत्र बनेको थियो। आजकै दिन अमेरिकाले रसियाबाट ७२ लाख डलरमा अलस्काको एउटा ठूलो क्षेत्र किनेको थियो। तर, अलस्का किन्ने सरकारको निर्णयबाट भने आमअमेरिकी खासै खुसी थिएनन्। सन् १९५९ देखि अलस्का अमेरिकाको छुट्टै राज्य बनेको थियो। 

प्युरटो रिको अमेरिकाको अधिनमा
स्पेन र अमेरिकाबीचको युद्धपछि स्पेनको अधिनमा रहेको प्युरटो रिको अमेरिकाले कब्जा गरेको थियो। सन् १८९८ देखि प्युरटो रिको अमेरिकाको महत्वपूर्ण ‘टेरिटोरी’ बनेको छ।एजेन्सी 

Logo