महामारीबीच पनि दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

महामारीबीच पनि दुबईमा धनाढ्यको संख्या बढेको बढ्यै

केन्द्रबिन्दु
0
Shares

दुबईका निजी बैंक र सम्पत्ती व्यवस्थापन क्षेत्रका लागि यो वर्ष पनि सुखद रह्यो। सन् २०१९ मा व्यक्तिगत रूपमा उच्च सम्पत्ती भएका व्यक्ति बस्ने सहरहरूमा दुबई सबैभन्दा अग्रपंक्तिमा आउँथ्यो। त्यस्तै, विश्वका धनी व्यक्तिहरुको छनौटमा दुबई उच्च १० गन्तव्यमा पर्दथ्यो।

सन् २०२० को सुरूदेखि नै महामारीको चपेटामा परेको दुबईमा सार्वजनिक स्वास्थ्य समस्या देखिएको थियो। यद्यपी रोग नियन्त्रण गर्न देशले उल्लेख्य भूमिका खेलेको थियो।

अर्बपतिहरुको गतिविधि अनुसन्धान गर्ने संस्था न्यु वर्ल्ड हेल्थ (एनडब्लुएच) ले दुबईमा हाइ–नेट–वेल्थ इन्डिभिजुअल (एचएनडब्लुआई) को संख्या गत जुन महिनामा ३ दशमलव ८ प्रतिशतले बढेको जनाएको छ। दुबईमा गत डिसेम्वरमा ५२ हजार एचएनडब्लुआई रहेकोमा अहिले ५४ हजार पुगेको हो। एचएनडब्लुआई अर्थतन्त्रको एउटा शब्द हो जसको अर्थ अमेरिकी डलर १० लाख भन्दा बढी सम्पत्ती भएका धनाढ्य भन्ने बुझाउँछ।

मध्यपूर्व र अफ्रिका (एमइए) क्षेत्रमा दुबई संसारकै धनी सहर हो। दुबई १६५ ‘सेन्टी–मिलिअनरिज’ र १२ ‘विलिअनरिज’को घरसमेत हो। कम्तिमा एक मिलियन डलर रकम, सम्पत्ती र व्यवसाय भएका व्यक्तिको संख्या जुनमा २ दशमलव ५ प्रतिशतले बढेको एनडब्लुएचको अध्ययनमा उल्लेख छ।

अर्को एक छुट्टै अध्ययनमा मध्यपूर्वमा आगामी पाँच वर्षमा ३० मिलियन (३ करोड) डलर सम्पत्ती भएका व्यक्तिहरुको संख्या २४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।एजेन्सी

Logo