अमेरिकी पूर्व विदेशमन्त्री पावेलको काेराेना संक्रमणका कारण निधन

अमेरिकी पूर्व विदेशमन्त्री पावेलको काेराेना संक्रमणका कारण निधन

केन्द्रबिन्दु
0
Shares

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ। 

कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार  निधन भएको हो। उनले पूर्ण खोप लगाएका थिए।

पावेल सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको शासन कालमा विदेशमन्त्री नियुक्त भएका थिए । 

पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुन्। उनले सन् २००२ को १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए। उनले तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीलाई भेटेका थिए।एजेन्सी

Logo