इतिहासमा आजः फिडेल क्यास्ट्रोको निधन, शताब्दीकै ठूलो आँधीबाट १५० जनाकाे मृत्यु

इतिहासमा आजः फिडेल क्यास्ट्रोको निधन, शताब्दीकै ठूलो आँधीबाट १५० जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

आज २५ नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
     
फिडेल क्यास्ट्रोको निधन
आजकै दिन अर्थात सन् २०१६ को २५ नोभेम्बरमा क्युबाका नेता फिडेल क्यास्ट्रोका निधन भएको थियो। पश्चिमी गोलार्धमा क्युबालाई पहिलो कम्युनिस्ट देश बनाउन सफल क्यास्ट्रो ल्याटिन अमेरिकामा कम्युनिस्ट क्रान्तिका नायक हुन्। क्यास्ट्रोको ९० वर्षको उमेरमा राजधानीको एक अस्पतालमा निधन भएको हो। क्यास्ट्रो अमेरिकाले गरेका हजारौं षडयन्त्रबाट बच्न सफल भएका थिए। 
 
ग्रीसमा सेनाको कु
सन् १९७३ मा ग्रीसको सेनाले कु गरी तत्कालिन राष्ट्रपति जर्ज पापाडोपोउस  सरकार बर्खास्त गरेको थियो। विद्यार्थीले नेतृत्व गरेको एथेन्स पोलिटेक्निक क्याम्पसको प्रदर्शन दमन गरेको एक सातापछि सेनाले निर्वाचित सरकार अपदस्थ गरेको थियो।
 
तीन दिदी बहिनीको नरसंहार
डोमिनिकन रिपब्लिकका तत्कालिन तानाशाहा राफेल ट्रुजिलोको सरकारविरुद्ध तीन दिदी बहिनी प्याट्रिया, मिर्नभा, एन्टोनिया मिराबलले अभियान चलाएका थिए। सरकारको विरोध गरेको आरोपमा सन् १९६० को २५ नोभेम्बर अर्थात आजकै दिन तत्कालिन सरकारले उनीहरुको निर्मम हत्या गरेको थियो। सन् १९९५ मा राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको घोषणा गरेको थियो।

शताब्दीकै ठूलो आँधी
सन् १९५० मा अमेरिकामा शताब्दीकै ठूलो आँधी आएको थियो। एपालाचियान स्टोर्म नाम दिइएको सो आँधीले एपालचिया क्षेत्रमा ६० इन्च बाक्लो हिउँ परेको थियो। आँधीका कारण ठूलो जनधनको क्षति भएको थियो। आँधीबाट १५० जनाको मृत्यु भएको थियो। आँधीपछि सो क्षेत्रमा अस्वभाविक तापक्रम बढेको थियो।

इतिहासकै लामो रनिङ सो
सन् १९५२ मा लन्डनको वेस्ट इन्डमा इतिहासकै लामो रनिङ सो आयोजना गरिएको थियो। स्याहार गृहमा राखिएका बालक डेनिस ओ निलको मृत्युको स्मरणमा दौड आयोजना गरिएको थियो।एजेन्सी  

Logo