इतिहासमा आजः संसारबाट विफर उन्मुलन घोषणा, फ्रान्सको तल्लो सदनमा बम बिस्फोट

इतिहासमा आजः संसारबाट विफर उन्मुलन घोषणा, फ्रान्सको तल्लो सदनमा बम बिस्फोट

केन्द्रबिन्दु
0
Shares

आज ९ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

विफर उन्मुलन
सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले विफर उन्मुलन भएको घोषणा गरेको थियो । इतिहासमा अहिलेसम्म दुई वटा संक्रमित रोग मात्रै पूर्ण रुपमा उन्मुलन भएका छन् । सन् २०११ मा रिन्डरपेस्ट  उन्मुलन भएको घोषणा गरिएको थियो । रिन्डरपेस्ट पशुमा लाग्ने एक प्रकारको संक्रमक रोग हो।

तांगानिका स्वतन्त्र
सन् १९६१ मा तांगानिका स्वतन्त्र भएका थियो । गणतन्त्र तांगानिका सन् १९१६ देखि १९६१ सम्म ब्रिटीशको शासनमा थियो। पूर्वीअफ्रिकाको महत्वपूर्ण क्षेत्र तांगानियालाई सन् १९२२ मा लिग अफ नेसनले आधिकारिक रुपमा बेलायतलाई सुम्पिएको थियो । सन् १९६४ मा पिपुल्स रिपब्लिक अफ जान्जिवर र पेम्वा मिसिएर तांगनिया बनेको थियो। त्यसपछि सन् १९६५ मा युनाइटेड रिपब्लिक अफ तांगनिया भएको थियो ।

फ्रान्सको तल्लो सदनमा बिस्फोट
सन् १८९३ मा फ्रान्सेली अराजकतावादी अगस्टी भ्यालियन्टले फ्रान्सको तल्लो सदन च्याम्वर अफ डिपुटिजमा बम बिस्फोट गराएका थिए। सो आक्रमणमा कोही घाइते नभए पनि उनलाई मृत्युदण्डको सजायँ सुनाइएको थियो।एजेन्सी 

Logo