इतिहासमा आजः अर्जेन्टिनामा महिला राष्ट्रपति, पहिलो पटक नोबेल पुरस्कार वितरण

इतिहासमा आजः अर्जेन्टिनामा महिला राष्ट्रपति, पहिलो पटक नोबेल पुरस्कार वितरण

केन्द्रबिन्दु
0
Shares

आज १० डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

अर्जेन्टिनामा महिला राष्ट्रपति
सन् २००७ को १० डिसेम्बरमा अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो। आजकै दिन क्रिष्टिना फर्नेन्डाइज क्रिच्नर अर्जेन्टिनाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन्।

विश्व मानवअधिकार दिवस
सन् १९४८ मा राष्ट्रसंघले मानवअधिकारवारे विश्वव्यापी घोषणा अंगीकार गरेको थियो। घोषणामा मानिसहरुको आधारभूत अधिकारलाई विश्वव्यापी रुपमा संरक्षण गरिएको छ। घोषणा गरेको दिन १० डिसेम्बरलाई विश्व मानवअधिकार दिवस मनाइन्छ।

पहिलो पटक नोबेल पुरस्कार वितरण
सन् १९०१ को १० डिसेम्बरमा पहिलो पटक नोबेल पुरस्कार वितरण गरिएको थियो। स्वीडेनका रसायनशास्त्री डा. अल्फ्रेड नोबेलको मृत्युको पाँच वर्षपछि पहिलो नोबेल पुरस्कार घोषणा गरिएको थियो।

मिसीसिपी अमेरिकाको २०औं राज्य
सन् १८८७ मा मिसीसिपी अमेरिकाको २०औं राज्य बनेको थियो। 

Logo