भारतीय किसानले गरे एक वर्षदेखिको आन्दोलन अन्त्यको घोषणा

भारतीय किसानले गरे एक वर्षदेखिको आन्दोलन अन्त्यको घोषणा

केन्द्रबिन्दु
0
Shares

भारतीय किसानहरुले एक वर्ष लामो आमप्रदर्शन अन्त्य भएको बताएका छन्। सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरुले पनि आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन्। 

सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौं किसानहरु राजधानी नयाँ दिल्लीको सीमाक्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए। प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौं किसानहरुको मृत्यु भएको थियो । शनिबारदेखि किसानहरु आआफ्ना घरमा फर्किने भएका छन्। 

किसान आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ठूलो चुनौती साबित भएको थियो। किसानहरुका अन्य समस्या सम्बोधन गर्न र उत्पादित बस्तु तथा सेवाको मुल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानहरुका विभिन्न संगठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका छन्। आन्दोलनरत किसानहरुमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार सहमत भएको छ। 

‘१५ जनवरीमा एउटा समिक्षा वैठक आयोजना गरेका छौं। प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौं,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय संचार माध्यमलाई भने ।एजेन्सी

Logo