आप्रवासी बोकेको ट्रक मेक्सिकोमा पल्टियो, ४९ जनाको मृत्यु

आप्रवासी बोकेको ट्रक मेक्सिकोमा पल्टियो, ४९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटना हुँदा कम्तिमा ४९ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्। 

चियापास राज्यको एउटा पुलमा ठोकिदा ट्रक दुर्घटनामा परेको हो  । दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो। 

दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइते हुनेमा महिला र बालबालिका पनि छन्। सो ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट हो।एजेन्सी

Logo