मध्यरातमा जब मोदीको ट्विटर अकाउन्ट ह्याक भयो…

मध्यरातमा जब मोदीको ट्विटर अकाउन्ट ह्याक भयो…

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ। शनिबार ह्याकपछि राति करिव सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो। 

‘भारतले आधिकारिक रुपमा विटक्वाइनलाई मान्यता दिएको छ। सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि मोदीको अकाउन्टबाट ट्विट गरिएको थियो। तर, सो ट्विट दुई मिनेटपछि हटाइएको थियो। 

बिहान सवा तीन बजे प्रधानमन्त्रीको कार्यलयले मोदीको ट्विटर अकाउन्ट ह्याक भएको जनाउँदै केही समयमा नै ह्याकरबाट नियन्त्रणमा लिएको जनाएको थियो। प्रधानमन्त्रीको ट्विटर ह्याकबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।एजेन्सी

Logo