अमेरिकामा हालसम्म आएका १० विनाशकारी आँधी

अमेरिकामा हालसम्म आएका १० विनाशकारी आँधी

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा शुक्रबार र शनिबार शक्तिशाली आँधी गएको छ। आँधीबाट कम्तिमा १०० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

आँधीबाट सबैभन्दा बढी प्रभावित केन्टकीमा आपतकाल घोषणा गरिएको छ। आँधीले भौतिक संरचनामा ठूलो क्षति पुग्नुको साथै दर्जनौं घाइते भएका छन्। अमेरिकामा यसअघि पनि बारम्बार विनाशकारी आँधी आएका थिए। प्रस्तुत छ अमेरिकामा गएका १० विनाशकारी आँधी र यसले पारेको असरः

१. त्रिस्टेट टोरनाडोः सन् १९२५ को १८ मार्चमा आएको शक्तिशाली आँधीमा परेर ७४७ जनाकाे मृत्यु भएको थियो। अमेरिकी इतिहासमै अहिलेसम्मकै डरलाग्दो मानिएको सो आँधी मिसाैरी, दक्षिणी इलिनोइस हुँदै दक्षिणपश्चिम इन्डियानासम्म पुगेको थियो। तीन वटा राज्यमा फैलिएकोले त्यसलाई ट्रिस्टेट आँधी भनिएको छ। 

२. सन् १९३२ को ३१ मार्चमा अर्को ठूलो समुद्री आँधी आएको थियो। दुई वटा राज्य नराम्रोसँग प्रभावित भएको सो आँधी टेक्सास हुँदै क्यरोलिनातर्फ बढेको थियो। आँधीमा ३३२ जनाको मृत्यु भएको थियो। 

३. नाटचेज टोरनाडो: सन् १८४० को १७ मेमा अमेरिकामा शक्तिशाली आँधी आएको थियो, जसलाई ग्रेट नाटचेज टोरनाडो नाम दिइएको छ। अमेरिकी इतिहासकै खराबमध्येकाे सो टोरनाडोबाट मिसिसिपी राज्यको नाटचेज सहर सबैभन्दा प्रभावित भएको थियो। आँधीमा ३१७ जनाको मृत्यु भएको थियो। आँधीबाट मारिएकामध्ये अधिकांशको शव नजिकैको नदीमा तैरिएको अवस्थामा भेटिएको थियो।

४. सुपर आउटब्रेकः सन् २०११ को २४ अप्रिलमा आएको आँधीले दक्षिणपूर्वी अमेरिका नराम्रोसँग प्रभावित भएको थियो। सुपर आउटब्रेक नाम दिइएको सो आँधी २२ देखि २८ अप्रिलसम्म आएको थियो। आँधीका कारण कम्तिमा ३५४ जनाको मृत्यु भएको छ। आँधीबाट टेनेसा, मिसिसिपी, जर्जिया, अर्कान्सस र भर्जिनिया सबैभन्दा बढी प्रभावित भएका थिए। 

५. सुपर आउटब्रेक: सन् १९७४ को ३ अप्रिलमा गएको अमेरिकी आँधीलाई सुपर आउटब्रेक नाम दिइएको छ। १३ ओटा राज्य प्रभावित भएको सो आँधीबाट २४ घन्टामा ३१० जनाको मृत्यु भएको थियो। 

६. सेन्ट लुइस इस्ट टोरनाडोः सन् १८९६ को २७ मेमा अमेरिकामा अर्को शक्तिशाली आँधी आएको थियो। आँधीबाट मिसोउरी, इलिनोइस र केन्टकी प्रभावित भएका थिए। आँधीमा ३०५ जनाको मृत्यु भएको थियो। 

७. पाल्म सन्डे: सन् १९६५ को ११ अप्रिलमा आएको आँधीबाट अमेरिकाका तीन राज्य इलिनोइस, इन्डियाना र मिसिगन निकै प्रभावित भएका थिए। आँधीमा २६० जनाको मृत्यु र १ हजार घाइते भएका थिए। 

८. तुपेलो गेन्सभिल्ला टोरनाडोः सन् १९३६ को ५ अप्रिलमा आएको आँधीमा २४९ जनाको मृत्यु भएको थियो । मिसिसिपीको तुपेलोलाई केन्द्र पारेर आएको सो आँधीले भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । 

९. अलाबामा मिसिसिपीको आँधीः सन् १९२० को २० अप्रिलमा आएको आँधीमा २२४ जनाको मृत्यु भएको थियो। एक विहानै आएको सो आँधीबाट अलाबामा र मिसिसिपी राज्य प्रभावित भएका थिए। 

१०. सन् १९०८ को २४ अप्रिलमा साउद डाकोटा र टेक्सासमा आएको आँधीमा २२० जनाको मृत्यु भएको थियो। 

Logo