ओमिक्रोनले खोपको प्रभावकारिता घटायाे: डब्लूएचओ

ओमिक्रोनले खोपको प्रभावकारिता घटायाे: डब्लूएचओ

केन्द्रबिन्दु
0
Shares

ओमिक्रोन भाइरस डेल्टाभन्दा बढी संक्रमक भएको र यसले खोपको प्रभावकारिता घटाइदिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। यसै वर्षको सुरुमा भारतमा फेला परेको डेल्टा भेरियन्ट केही महिनाअघिसम्म निकै संक्रमित मानिएको थियो।

 तर, करिव दुई महिनाअघि अफ्रिकामा नयाँ भेरियन्ट देखिएसँगै डेल्टाको चर्चा कम हुन थालेको छ। नयाँ भेरियन्ट ओमिक्रोनको उत्परिवर्तन दर धेरै भएको विज्ञहरुले बताउँदै आएका छन्। 

डब्लूएचओका अनुसार ९ डिसेम्बरसम्ममा ओमिक्रोन भेरियन्ट ६३ देशमा फैलिसकेको छ। सबैभन्दा बढी पहिला देखिएको भनिएको दक्षिण अफ्रिकामा यसको संक्रमण दर तीव्र बढेको छ। ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकी देशहरुमा यात्रा प्रतिबन्ध लगाएका छन्।

प्रधानमन्त्री जोनसन भन्छन्– बेलायत ओमिक्राेनविरुद्धको आपतकालिन युद्धमा छ

बेलायतमा ओमिक्रोनको छाल तीव्र रुपमा बढेको भन्दै सबैलाई सजग रहन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन्। ‘हामी नयाँ भेरियन्टविरुद्धको आपतकालिन युद्धमा छौं । यसबारे सबै सजग हुनु आवश्यक छ।,’ उनले भने । 

ओमिक्रोनको नयाँ भेरियन्ट देखिएपछि कोभिडको सचेतना चौथो तहमा पुर्याइएका बेला प्रधानमन्त्रीको भनाई सार्वजनिक भएको हो। चौथो तहको अर्थ संक्रमणको दर उच्च भन्ने हुन्छ । पछिल्लो पटक मे महिनामा चौथो तह घोषणा गरिएको थियो। 

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गरेका छन्। 

बेलायतले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ। पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ। विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन्।

भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ। 

पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो। दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन्। उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए।

ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ ।एजेन्सी

Logo