कोभिडले विश्वका आधा अर्ब जनसंख्या गरिबीकाे चपेटामाः अनुसन्धान

कोभिडले विश्वका आधा अर्ब जनसंख्या गरिबीकाे चपेटामाः अनुसन्धान

केन्द्रबिन्दु
0
Shares

विश्वव्यापीरूपमा फैलिएको कोभिड महामारीले विभिन्न क्षेत्रमा नकारात्मक असर गरेको छ। कोभिडले पारेको असरबारे विभिन्न संस्थाले विभिन्न अनुसन्धान गर्दै आएका छन्। तर, पछिल्लो एक अनुसन्धानले भने डरलाग्दो भविष्यवाणी गरेको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओओ) र विश्व बैंकले गरेको एउटा अनुसन्धानमा जारी महामारीका कारण विश्वको आधा अर्ब जनसंख्या चरम गरिबीमा धकेलिएको छ।

साथै, महामारीले विश्वव्यापी स्वास्थ्य पहुँचमा पनि गम्भीर असर गरेको छ। विभिन्न देशहरुले स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने भएकाले विश्वको ठूलो जनसंख्या गरिबीमा धकेलिने ती संस्थाले गरेको अध्ययनको निष्कर्ष छ। महामारीले सन् १९३० पछि पहिलो पटक विश्वव्यापी आर्थिक संकट निम्त्याएको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ। 

महामारीले सन् २०२० मा पूर्णरुपमा स्वास्थ्य सेवामा अवरोध गरेको रिपोर्टमा औंल्याइएको छ। जसका कारण संसारमा पहिलो पटक खोप पहुँचमा ह्वात्तै गिरावट आएको छ। गत वर्ष क्षयरोग र मलेरियाबाट मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको थियो।  

‘महामारीअघि विभिन्न देशले प्रगति गरेका थिए। तर, त्यो आफैंमा पर्याप्त थिएन। यसपटक हामीले यस्तो स्वास्थ्य प्रणालीको विकास गर्नु पर्नेछ की प्रायः देशको बजेटको ठूलो हिस्सा यस क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ।एजेन्सी

Logo