हाइटीमा तेल ट्यांकर विस्फोट, ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

हाइटीमा तेल ट्यांकर विस्फोट, ६० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

केन्द्रबिन्दु
0
Shares

हाइटीमा एउटा तेल ट्यांकर बिस्फोट हुँदा ६० जना भन्दाबढीको मृत्यु भएको छ। क्याप हैटन सहरमा भएको सो विस्फोटमा अन्य दर्जनौं घाइते भएका छन्। विस्फोटपछि भएको ठूलो मानवीय क्षतिबाट आफू अत्यन्तै मर्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन्। 

दुर्घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ। ‘बिस्फोटमा मारिएका व्यक्तिहरुको सम्झनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ,’ प्रधानमन्त्री हेनरीले ट्विट गरेका छन्। घाइतेहरुको स्वास्थ्य उपचारको लागि सरकारले आवश्यक पहल गर्ने उनले बताए। 

विस्फोटपछि पनि दर्जनौंको शव घटनास्थलमा छरिएको थियो। विस्फोटमा कम्तिमा १०० जना घाइते भएको प्रहरीले जनाएको छ। स्थानीयले ट्यांकरबाट चुहिएको तेल उठाउने क्रममा ट्यांकरमा अकस्मात विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको जनाइएको छ। विस्फोटपछि ट्यांकरमा आगो लागेको थियो।एजेन्सी

Logo