इतिहासमा आजः भारत-पाक तेस्रो युद्ध अन्त्य, माउन्ट फुजीमा लामो बिस्फोट

इतिहासमा आजः भारत-पाक तेस्रो युद्ध अन्त्य, माउन्ट फुजीमा लामो बिस्फोट

केन्द्रबिन्दु
0
Shares

आज १६ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
 
काजकिस्तान स्वतन्त्रत
सन् १९९१ मा आजकै दिन मध्यएशियाली देश काजकिस्तान स्वतन्त्र भएको थियो। सन् १९२० मा काजकिस्तान तत्कालिन सोभियत संघको स्वायत्त गणराज्य बनेको थियो।

भारत पाकिस्तान युद्ध अन्त्य
सन् १९७१ मा भारत र पाकिस्तानबीचको युद्ध अन्त्य भएको थियो। बंगलादेशको स्वतन्त्रत युद्धलाई भारतले समर्थन गरेपछि भारत र पाकिस्तानबीच तेस्रो युद्ध भएको थियो। स्वतन्त्र वंगलादेशको स्थापनापछि १३ दिनमा भारत र पाकिस्तानको तेस्रो युद्ध अन्त्य भएको थियो।

बोस्टन टि पार्टी
सन् १७७३ मा अमेरिकाको बोस्टनमा टि पार्टी आयोजना भएको थियो। बेलायतले नियन्त्रण गरेको बोस्टनबासीलाई बोस्टन बन्दरगाहको चियामा भारी कर लगाइएको थियो। बोस्टन टि पार्टीलाई अमेरिकी क्रान्तिको महत्वपूर्ण घटना मानिन्छ।

माउन्ट फुजीमा लामो बिस्फोट
सन् १७०७ मा माउन्ट फुजीमा पछिल्लो पटक अहिले सम्मकै लामो ज्वालामुखी बिस्फोट भएको थियो। होइ इरप्सन नाम दिइएको सो बिस्फोट १७ दिनसम्म भएको थियो।एजेन्सी

Logo