बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च

बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च

केन्द्रबिन्दु
0
Shares

बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ। बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ। 

करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काेभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ। 

बेलायतमा कोभिडका कारण आउँदो पाँच महिनामा कम्तिमा ५० हजार मानिसको मृत्यु हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अपनाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन्। सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ।एजेन्सी

Logo