इतिहासमा आजः भारत-पाक तेस्रो युद्ध अन्त्य, राइट दाजुभाईकाे पहिलो जहाज उडान

इतिहासमा आजः भारत-पाक तेस्रो युद्ध अन्त्य, राइट दाजुभाईकाे पहिलो जहाज उडान

केन्द्रबिन्दु
0
Shares

आज १७ डिसेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सरकारको विरोधमा ट्युनिसियाका नागरिकको आत्मदाह
सन् २०१० मा देशको आर्थिक अवस्थाको बिरोध गर्दै ट्युनिसियाका सडक व्यापारी मोहम्मद बोउजिजिले आगो लगाएर आत्मदाह गरेका थिए। शरीरमा आगो लगाएको १८ दिनपछि २६ वर्षीय मोहमदको मृत्यु भएको थियो। उनको विरोध र मृत्यु ट्युनिसिया क्रान्तिका लागि एउटा उत्प्रेरक बनेको थियो। उनको मृत्युपछि अरब मुलुकमा त्यस्तै प्रकृतिका मृत्यु र विरोध प्रदर्शन भएका थिए।
 
एनिमियटेड शृंखला दि सिम्पसनको प्रसारण सुरु
अमेरिकाको लोकप्रिय एनिमियटेड शृंखला दि सिम्पसनको आजकै दिनबाट टेलिभिजनमा प्रसारण सुरु भएको थियो। म्या ग्रोइनिङले निर्देशन गरेको सो शृंखलामा सिम्पसनको परिवारको जीवनबारे चित्रण गरिएको थियो।
 
राइट ब्रदर्सको जहाज पहिलो  उडान
अमेरिकीका दाजुभाई ओरभिल राइट र विलबर राइटले आविश्कार गरेको जहाजले आजकै दिन अर्थात सन् १९०३ को १७ डिसेम्बरमा पहिलो उडान भरेको थियो।

अरब क्रान्तिको सुरु
सन् २०१० मा अरब देशहरुमा क्रान्ति सुरु भएको थियो। १६ डिसेम्बरमा ट्युनिसियाका एक व्यापारीले सरकारको विरोधमा आत्मदाह गरेपछि ट्युनिसियाको आन्दोलनरुपी आगोको झिल्को सम्पूर्ण अरब देशहरुमा फैलिएको थियो। ट्युनिसियाका तत्कालिन राष्टपति जिने इल अबिदिने बेन अलीले राजीनामा दिएसँगै फैलिएको अरब आन्दोलनले त्यस क्षेत्रका विभिन्न देशमा असर गरेको थियो।

Logo