इतिहासमा आजः अमेरिकामा दास प्रथा उन्मुलन भएको त्यो दिन

इतिहासमा आजः अमेरिकामा दास प्रथा उन्मुलन भएको त्यो दिन

केन्द्रबिन्दु
0
Shares

आज १८ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

अमेरिकामा दास प्रथा अन्त्य
सन् १८६५ को १८ डिसेम्बरमा अमेरिकी संविधानमा १३औं संशोधन भएको थियो। यो संशोधनले अमेरिकामा दासा प्रथालाई पूर्ण रुपमा निर्मूल गरेको थियो। त्यस्तै, १४ औं र १५ औं संशोधनले क्रमशः नागरिकको अधिकार र वर्ण,धर्म जात, जाति, लिंग आदिका आधारमा विना भेदभाव मतदान गर्ने अधिकार सुनिश्चित गरेको थियो। 

ट्रम्पलाई महाअभियोग
सन् २०१९ मा आजकै दिन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो। पद दुरुपयोग गरेको र संसद अबरोध गरेको आरोप लगाउदै माथिल्लो सदनले उनीमाथि महाअभियोग लगाएको थियो। उनी संसदले महाअभियोग लगाएका तेस्रो राष्ट्रपति हुन्। 

विपक्षी दलका नेता राष्ट्रपति
सन् १९९७ मा दक्षिण कोरियामा विपक्षी नेता किम दाय जङ राष्ट्रपतिमा निर्वाचित भएका थिए। दक्षिण कोरियाको इतिहासमा विपक्षी दलको नेता राष्ट्रपतिमा निर्वाचित हुने किम पहिलो व्यक्ति हुन्।

Logo