इतिहासमा आजः दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति, क्लिन्टनमाथि महाअभियोग

इतिहासमा आजः दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति, क्लिन्टनमाथि महाअभियोग

केन्द्रबिन्दु
0
Shares

आज १९ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना
 
दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति
सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्। आजकै दिन पार्क गिउन हाय देशको पहिलो महिला राष्ट्रपति र दक्षिणपूर्वी एसियाको सरकार प्रमुख बनेकी थिइन्। सन् २०१३ को फेब्रुवरीमा पार्कले कार्यभार सम्हालेकी थिइन। सत्तामा हुँदा भ्रष्टाचार गरेको अभियोगमा विभिन्न मुद्दामा पूर्वराष्ट्रपति पार्क अहिले कारागारमा छन्।

हङकङ चीन मातहत रहने सन्धीमा हस्ताक्षर
सन् १९८४ मा हङकङ सन्धीमा हस्ताक्षर भएको थियो। बेलायत सरकार, उत्तरी आयरल्यान्ड र जनगणतन्त्र चीन सरकारबीच एउटा संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको थियो। चीन–व्रिटीश सन्धीसमेत भनिने सो सन्धीमा चीनको तर्फबाट झाओ जियाङ र बेलायतको तर्फबाट मार्गरेट थ्याचरले हस्ताक्षर गरेका थिए। सन्धीले सन् १९९७ को १ जुलाईदेखि हङकङ चीनको स्वामित्वमा रहने उल्लेख छ।

एपोलो १७ को अन्तिम मिसन
सन् १९७२ मा एपोलो १७ पृथ्वीमा फर्किएको थियो। अमेरिकाको एपोलो कार्यक्रमअन्तर्गतको अन्तिम मिसन एपोलो १७ ले १२ दिनसम्म अन्तरिक्षमा बिताएको थियो। एपोलो १७ अमेरिकाबाट रातको समयमा पठाइएको पहिलो मानवसहितको उडान हो। एपोलोमा रहेका तीन सदस्यहरुले चन्द्रमाको कक्ष घुमेर त्यहाँ १२ दिन बिताएका थिए।

क्लिनन्टनमाथि महाअभियोग
सन् १९९८ मा अमेरिकाका तत्कालिन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले अनुमोदन गरेको थियो। भुटो बोलेको र न्यायमा अबरोध गरेको भन्दै तल्लो सदननले क्लिन्टनमाथि महाअभियोग लगाएको थियो। एक महिनापछि आजकै दिन अर्थात १९ डिसेम्बरमा माथिल्लो सदन सिनेटले उनलाई सफाइ दिएपछि पदमुक्त हुनबाट बचेका थिए।      

Logo