ओमिक्रोन भेरियन्ट बढेपछि नेदरल्यान्ड्समा लकडाउन

ओमिक्रोन भेरियन्ट बढेपछि नेदरल्यान्ड्समा लकडाउन

केन्द्रबिन्दु
0
Shares

क्रिसमस नजिकिँदै जाँदा नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो । सम्पूर्ण अत्यावश्यक बाहेकका  पसलहरू, सांस्कृतिक तथा मनोरञ्जन स्थल बन्द हुने भएका हुन् । त्यस्तै, ९ जनवरीसम्म सम्पूर्ण विद्यालय बन्द हुनेछन् ।

युरोपेली मुलुक नेदरल्यान्ड्समा ओमिक्रोन भेरियन्ट तीव्र ढंगले फैलिएको छ । इयु प्रमुख युर्सुला भोन डेर लेयनले जनवरीको मध्येमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।

ओमिक्रोन फैलिएपछि युरोपका विभिन्न देशहरूले विभिन्न प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । संक्रमण देखिएपछि दक्षिण अफ्रिकामाथि विभिन्न देशहरूले यात्रा प्रतिबन्ध लगाएका थिए ।

Logo