भारतमा ओमिक्राेन संक्रमण बढ्दै, ११ राज्यका १२६ जनामा देखियाे

भारतमा ओमिक्राेन संक्रमण बढ्दै, ११ राज्यका १२६ जनामा देखियाे

केन्द्रबिन्दु
0
Shares

भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएकाे छ। 

कर्नाटक र  महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो। यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ। अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार महाराष्ट्रमा ४३,  दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुज्रातमा सात र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ। त्यस्तै, आन्ध्र प्रदेश, चन्डीगढ, तमिल नाड्डु र पश्चिम वंगालमा एक एक जनामा नयाँ भेरियन्ट देखिएको छ। 

कर्नाटकमा संक्रमित ६ मध्ये एक जना बेलायतबाट आएका व्यक्तिमा देखिएको हो। संक्रमित सबै जनालाई आइसोलनमा छन्।एजेन्सी

Logo