जिउँदै आगो लगाएर मृत्युदण्ड दिइन्छ उत्तर कोरियामा

जिउँदै आगो लगाएर मृत्युदण्ड दिइन्छ उत्तर कोरियामा

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियामा सरकारले चरम यातना दिएर मृत्युदण्ड दिने गरेको पाइएको छ। सरकारले दोषी ठहर गरेका एक व्यक्तिको अनुहारमा आगोको लप्का फालेर अनुहार कुरुप पारेर मृत्युदण्ड दिइने गरेको दक्षिण कोरियास्थित ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले जनाएको छ।

किमले सत्ता सम्हालेपछि राज्यले अनुमोदन गरेका मृत्युदण्डका २७ घटनाहरुको विश्लेषण गरेको थियो। सार्वजनिक स्थलमा मृत्युदण्ड सुनाइएका २३ घटनामध्ये २१ जनाको गोली हानेर र २ जनाको झुन्डाएर मृत्युदण्ड दिइएको थियो।

तर, सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरैलाई मृत्युदण्ड सुनाइएको हुन सक्ने ग्रुपले जनाएको छ।एजेन्सी

Logo