इतिहासमा आजः रेडियमको आविश्कार, जर्मनीमा विमानभित्र बम बिस्फोट

इतिहासमा आजः रेडियमको आविश्कार, जर्मनीमा विमानभित्र बम बिस्फोट

केन्द्रबिन्दु
0
Shares

आज २१ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

बेथलहेम प्यालेस्टनाइनको नियन्त्रणमा

सन् १९९५ को २१ डिसेम्बरमा इजरायली सेनाले बेथलहेमलाई नियन्त्रणमा लिएको थियो। वेस्ट बैंक र गाजा स्ट्रिपमा सन् १९९५ को सेप्टेम्बरमा गरिएको अन्तरिम सम्झौताबमोजिम इजरायल सेना वेथलहेम सहरबाट फर्किएको थियो। सन् १९२० देखि सन् १९४८ सम्म व्रिटीश सरकारको आदेशमा चल्दथ्यो। सन् १९४८ मा अरब र इजरायलबीच भएको युद्धमा सो सहरलाई जोर्डनले नियन्त्रणमा लिएको थियो ।

विमानभित्र बम बिस्फोट

सन् १९८८ मा जर्मनीको फ्रयांकफर्टबाट अमेरिकाको डेटरोइट उड्ने क्रममा पाम एम एयरको उडान नम्बर १०३ मा बम बिस्फोट भएको थियो। स्कटल्यान्डको सहर लकरबिमा पुगेपछि अतिवादीले विमानमा बिस्फोट गराउँदा विमानमा सबार सबै जनाको मृत्यु भएको थियो ।

जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी

सन् १९६५ मा कुनै पनि प्रकारका जातीय विभेदको उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर भएको थियो । सो सन्धी सन् १९६९ को ४ जनवरीदेखि कार्यान्वयनमा आएको थियो । सो सन्धीले संसारभर जात र रंगका आधारमा हुने विभेदलाई अन्त्य गर्ने प्रयास गरेको थियो ।

रेडियमको आविश्कार

पोलोनियमको आविश्कारपछि सन् १८९८ मा म्यारी र पियरे क्यूरीले रेडियोएक्टिभ रसायनिक तत्व रेडियम पत्ता लगाएका थिए। चाँदी जस्तो सेतो पर्दाथ रेडियम क्यान्सर उपचारमा प्रयोग हुन्छ।एजेन्सी

Logo