जीवन नै नरहे रमाइलोले अर्थ राख्दैन, बिदाका कार्यक्रम रद्द गर्नुः डब्लुएचओ

जीवन नै नरहे रमाइलोले अर्थ राख्दैन, बिदाका कार्यक्रम रद्द गर्नुः डब्लुएचओ

केन्द्रबिन्दु
0
Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ। क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यालयमा लामो बिदा हुन्छ। 

‘जीवन नै रद्द गर्नु भन्दा कार्यक्रम रद्द गर्नु उर्पुक्त हुन्छ,’ डब्लुएचओका प्रमुख डा. टेड्रोस एडहानोम गेहब्रेयसले भने । यो क्रिसमसमा सर्वसाधारणले ‘जटिल निर्णय’ लिनुपर्ने उनको भनाइ छ। ओमिक्रोन डेल्टाभन्दा तीव्र ढंगले फैलिएको उनले बताए।

नयाँ भेरियन्ट फैलिएपछि फ्रान्स, जर्मनीलगायतका देशहरुले प्रतिबन्ध लगाइरहेका बेला डब्लुएचओका प्रमुखको भनाइ आएको हो । 

नेदरल्यान्ड्सले क्रिसमसको अवधिभर लकडाउन घोषणा गरेको छ। बेलायतले जमघटमा रोक लगाउनुका साथै विभिन्न प्रतिबन्ध लगाएको छ। 

पछिल्लो समयमा कोभिडबाट अत्यधिक प्रभावित बेलायतमा लकडाउन लगाउने बारेमा छलफल भइरहेको छ। तर, अमेरिकामा भने लकडाउन गर्ने कुनै योजना नभएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।एजेन्सी

 

Logo