भारतमा ओमिक्रोनबाट संक्रमितकाे संख्या २०० पुग्याे

भारतमा ओमिक्रोनबाट संक्रमितकाे संख्या २०० पुग्याे

केन्द्रबिन्दु
0
Shares

भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट २०० जना संक्रमित भएका छन्। ती मध्ये ७७ जना विदेशबाट आएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै अर्थात ५४ जना भेटिएका छन्। 

त्यस्तै, तेलंगना र कर्नाटकमा क्रमशः २० र १९ जना संक्रमित देखिएका छन् भने राजस्थानमा १८ जना  संक्रमित भेटिएका छन्। त्यसैगरी, केरला र गुज्रातमा क्रमशः १५ र १४ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ। 

यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा पाँच हजार ३२६ जनामा कोभिड संक्रमण भएको छ। त्यस्तै, पछिल्लो २४ घन्टामा ४५३ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा कोभिडबाट चार लाख ७८ हजारको मृत्यु भएको छ। भारतमा अझै पनि ७९ हजार सक्रीय संक्रमित छन्। यो अहिलेसम्मकै न्यून संख्या हो।

Logo