इतिहासमा आजः अमेरिकी सेनामा समलिंगीलाई भर्ना, रोमानियाका राष्ट्रपति र प्रथम महिलाको हत्या

इतिहासमा आजः अमेरिकी सेनामा समलिंगीलाई भर्ना, रोमानियाका राष्ट्रपति र प्रथम महिलाको हत्या

केन्द्रबिन्दु
0
Shares

आज २२ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

अमेरिकी सेनामा समलिंगीलाई भर्ना

सन् २०१० मा अमेरिकी सेनामा ‘नसोध, नभन’ भन्ने नीति लागू गरिएको थियो। अमेरिकी सेनामा समलिंगीलाई पनि समावेश गर्ने योजनास्वरुप तत्कालिन राष्ट्रपति बाराक ओबामाले सो नीतिमा आजकै दिन हस्ताक्षर गरेका थिए। सो नीतिमा हस्ताक्षरपछि समलिंगीलाई सेनामा भर्ती हुने बाटो खुलेको थियो।

रोमानियाका राष्ट्रपति र प्रथम महिलाको पदमुक्तपछि हत्या

देशव्यापी विशाल प्रदर्शनपछि सन् १९८९ मा रोमानियाका कम्युनिस्ट राष्ट्रपति निकोलेइ सिउसेस्कु पदमुक्त भएका थिए। पदमुक्त भएपछि राष्ट्रपति र उनकी पत्नी एलिनाले देश छोड्ने प्रयास गरेका थिए। प्रदर्शनकारीले उनीहरुलाई प्रकाउ गरि गोली हानेर हत्या गरेका थिए। सन् १९८० को दशकमा कम्युनिस्ट सरकार अपदस्तका लागि रोमानिया क्रान्ति इतिहासमा स्मरणीय छ।

लिंकन सुरुङ

सन् १९३७ को २२ डिसेम्बर अर्थात आजकै दिन लिंकन सुरुङ खुला गरिएको थियो। १ दशमलब ५ माइल  (२ दशमलब ४ किलोमिटर) लामो सो सुरुङले हड्सन नदीमुनी रहेको छ। सुरुङले न्यु जर्सी र न्युयोर्क सहरलाई जोड्छ।

प्रथम विश्वयुद्धबारे अमेरिका र बेलायतका नेताबीच भेटवार्ता

सन् १९४१ मा अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजेभेल्ट र बेलायतका प्रधानमन्त्री विनस्टन चर्चिलबीच वासिंगटन डीसीमा भेट भएको थियो। प्रथम विश्व युद्धबारे छलफल र रणनीति तय गर्न दुई नेताबीच छलफल भएको थियो।एजेन्सी

Logo