इतिहासमा आजः युगोस्लाभियाबाट स्लोभानिया स्वतन्त्र, टोकियो टावर सर्वसाधारणका लागि खुल्ला

इतिहासमा आजः युगोस्लाभियाबाट स्लोभानिया स्वतन्त्र, टोकियो टावर सर्वसाधारणका लागि खुल्ला

केन्द्रबिन्दु
0
Shares

आज २३ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

संघीय अनुसन्धान व्यूरोलाई झुक्याएका अमेरिकी अपराधी
सन् १९९४ मा अमेरिकामा संगठित रुपमा हत्या र अपराध गर्ने ह्विट्न वल्गर सन् १९९४ को डिसेम्बरदेखि भूमिगत भएका थिए। उनी करिव १६ वर्षसम्म अमेरिकी सेनाको आँखा छल्न सफल भए, जसका कारण अमेरिकी संघीय अनुसन्धान व्यूरोसमेत लज्जित बनेको थियो। अन्ततः उनी सन् २०११ मा पक्राउ परेका थिए।

युगोस्लाभियाबाट स्लोभानिया स्वतन्त्र
सन् १९९० मा युगोस्लाभियाबाट स्वतन्त्र हुने विषयमा स्लोभानियामा जनमतसंग्रह भएको थियो। पूर्वी युरोपेली देश स्लोभानिया सन् १९४५ मा समाजबादी गणतन्त्र राज्यको रुपमा गणतन्त्र युगोस्लाभियाको अधिनमा थियो। सन् १९९१ को जुनसम्म स्लोभानियाले वास्तविक स्वतन्त्रता प्राप्त गरेको थिएन् । स्लोभानियाली जनताले युगोस्लाभियाको हस्तक्षेप अस्वीकार गरेपछि १० दिनसम्म युद्ध भएको थियो, जुन युद्ध सन् १९९१ को जुलाईमा समाप्त भएको थियो। सन् १९९१ को २३ डिसेम्बरमा स्लोभानियामा नयाँ संविधान कार्यान्वयनमा आएको थियो।  

टोकियो टावर सर्वसाधारणका लागि खुल्ला
सन् १९५८ मा टोकियो टावर सर्वसाधारणका लागि खुला गरिएको थियो। यो विश्वकै अग्लो स्टिल टावर हो। यसको उचाई ३३३ मिटर छ। फ्रान्सको प्रसिद्ध इफेल टावरमा आधारित यो टावर सञ्चार प्रक्रियाका लागि पनि प्रयोग हुन्छ।

नाप तौलसम्बन्धी ऐनमा हस्ताक्षर
सन् १९७५ मा अमेरिकी राष्ट्रपति गेराल्ड फोर्डले नाप तथा तौलसम्बन्धी एउटा कानुनमा हस्ताक्षर गरेका थिए। आजभोलि वैज्ञानिक र प्राज्ञहरुले मुख्यतः मेट्रिक प्रणाली प्रयोग गर्छन्। सर्वसाधारण अमेरिकीले अमेरिका स्वतन्त्र हुनअघिका नाप तौलका परम्परागत इकाई प्रयोग गर्छन्। 

Logo