भारतको अदालतमा बम विस्फोट, २ जनाको मृत्यु

भारतको अदालतमा बम विस्फोट, २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ। 

विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्। स्थानीय समयअनुसार बिहीबार दिउसो करिब साढे १२ बजेर अदालतको बाथरुममा विस्फोट भएको थियो। 

विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ। विस्फोट लगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ। सो अदालत लुधियाना सहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यालयनजिक पर्छ। अदालतमा कसले विस्फोट गराएको भन्ने बारेमा केही खुलाइएको छैन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।एजेन्सी

Logo