इतिहासमा आजः ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौता, इटालीबाट लिबिया स्वतन्त्र

इतिहासमा आजः ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौता, इटालीबाट लिबिया स्वतन्त्र

केन्द्रबिन्दु
0
Shares

आज २४ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

इटालीबाट लिबिया स्वतन्त्र
सन् १९५१ को २४ डिसेम्बर अर्थात आजकै दिन लिबिया इटालीबाट स्वतन्त्र भएको थियो। अफ्रिकी देश लिबियालाई सन् १९१२ देखि इटालीले शासन गरेको थियो। स्वतन्त्र भएपछि तत्कालिन राजा इड्रिसको मातहतमा लिबिया संबैधानिक राजतन्त्रात्मक देश बनेको थियो। सन् १९६९ मा तत्कालिन कर्णेल मौमर गद्दाफीको नेतृत्वको सेनाले कु गरी इड्रिसलाई पदमुक्त गरेको थियो।

ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौता
सन् १९१४ मा क्रिसमस सम्झौता सुरु भएको थियो। प्रथम विश्वयुद्धको पश्चिमी मोर्चामा ब्रिटीश र जर्मनीका सेनाबीच अनौपचारिक र छोटो युद्धविराम भएको थियो, जसलाई इतिहासमा क्रिसमस ट्रुस भनिन्छ। शान्ति सम्झौताको अवधिमा दुबै पक्षका सेनाहरुले इसाई भजन गाउनुका साथै खानेकुरा र उपहार आदान प्रदान गरेका थिए। त्यस्तै दुबै पक्षबीच फुटबल खेल आयोजना भएको थियो।

कुल क्लक्स क्लान स्थापना
सन् १८६५ मा अतिवादी श्वेत सर्बोच्चतावादी संगठन कुल क्लक्स क्लानको स्थापना भएको थियो। सेनका वरिष्ठ अधिकारीहरुले न्युयोर्कको पुलास्की गाउँमा स्थापना गरिएको थियो।

अमेरिकाको मिलट्री एकेडेमीमा दंगा
सन् १८२६ मा अमेरिकाको न्युयोर्कस्थित मिलट्री एकेडेमीमा दंगा भड्किएको थियो। ग्रग म्युटिनी भनिने सो दंगा तस्कर गरिएको ह्विस्कीसँग ठूलो परिणाममा एगनोग (दुध, क्रिम, चिनी र अन्डाबाट बनेको परिकार) लाई सेनाका जवानले सेवन गरेपछि दंगा भड्किएको थियो। क्रिसमसको पूर्वसन्ध्यामा सो दंगा भड्किएको थियो। 

Logo