नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछः डब्लूएचओ

नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछः डब्लूएचओ

केन्द्रबिन्दु
0
Shares

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ। युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन्। 

‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्थामा पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपिएको छ। कोभिडका नयाँ संक्रमणले संक्रमितको सुनामी ल्याउनेछ,’ डा. गेहब्रेयससले भने।

डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन्। संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन्। युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन्। 

फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ। छिमेकी मुलुक भारतकाे राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कर्फ्यु घोषणा गरिएकाे छ।एजेन्सी

Logo