इतिहासमा आजः चीनको वुहानमा पहिलो पटक कोभिड, नाइजेरियामा ‘कु’

इतिहासमा आजः चीनको वुहानमा पहिलो पटक कोभिड, नाइजेरियामा ‘कु’

केन्द्रबिन्दु
0
Shares

आज ३१ डिसेम्बर।आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

नाइजेरियामा कु
सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले सिहु सागरी नेतृत्वको सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो ।

चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिन
सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम दिएको थियो । विभिन्न भेरियन्टमा देखिएको कोभिड विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ । विभिन्न देशमा कोभिडका विभिन्न लहर देखिएका छन् । बेलायत र फ्रान्समा क्रमशः चौंथो र पाँचौं लहर देखिएका छन् । कोभिडका कारण पछिल्लो समय युरोप र अमेरिका नराम्रोसँग प्रभावित छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीले झन बिकराल रुप लिएको विज्ञहरुले बताएका छन् । 

पानामा क्यानल  हस्तान्तरण
लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको पानामा नहर सन् १९९९ मा अमेरिकाले औपचारिक रुपमा पानामालाई हस्तान्तरण गरेको थियो ।

सौर्यमन्डलमा त्यो दुर्लभ घटना
सन् २००९ को ३१ डिसेम्बरमा एउटा दुर्लभ घटना भएको थियो। सो दिन ब्लु मुन र चन्द्र ग्रहण एकै दिन परेको थियो । सौर्यमन्डलमा अव त्यस्तै दुर्लभ क्षण सन् २०२८ को नयाँ वर्षको पूर्वसन्ध्यामा देख्न पाइनेछ।एजेन्सी

Logo