विश्वमा कोरोनाः एकैदिन थपिए १८ लाख २९ हजार नयाँ संक्रमित

विश्वमा कोरोनाः एकैदिन थपिए १८ लाख २९ हजार नयाँ संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा विश्वभर १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ भने फ्रान्समा २ लाख ६ हजार थपिएका छन्। वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटालीमा १ लाख २६ हजार संक्रमित थपिएका छन्। अर्जेन्टिनामा ५० हजार ५००, जर्मनीमा ४१ हजार ८०० र टर्कीमा ३९ हजार ६०० जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुने मध्ये अमेरिकामा १२ सय ९०, रसियामा ९२६, पोल्याण्डमा ७०९, जर्मनीमा ३७९, वेलायतमा ३३२, फ्रान्समा १८०, इटालीमा १५६ र ब्राजिलमा १५४ जना रहेका छन्।

Logo