भारतमा कोभिडः एकै दिन १ लाख ७९ हजारमा संक्रमण, संसदका सयाैं कर्मचारी संक्रमित

भारतमा कोभिडः एकै दिन १ लाख ७९ हजारमा संक्रमण, संसदका सयाैं कर्मचारी संक्रमित

केन्द्रबिन्दु
0
Shares

भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ। आइतबार एकै दिन एक लाख ७९ हजार जनामा  संक्रमण देखिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ।

पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ। दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ। त्यस्तै, संसदका ४०० कर्मचारीमा कोभिड संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्। 

भारतमा दैतिक संक्रममण दर औसतमा ११ प्रतिशत छ। भारतका २७ वटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ। संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ। १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन्।एजेन्सी

Logo