इतिहासमा आज : एडमन्ड हिलारीको निधन, डायबिटिजविरुद्ध इन्सुलिनको पहिलो प्रयोग

इतिहासमा आज : एडमन्ड हिलारीको निधन, डायबिटिजविरुद्ध इन्सुलिनको पहिलो प्रयोग

केन्द्रबिन्दु
0
Shares

आज ११ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

पेरुमा विध्वशंकारी पहिरो
सन् १९६२ मा पेरुमा गएको ठूलो पहिरोमा परेर चार हजार जनाको मृत्यु भएको थियो। ढुंगा र हिउँले भरिएको १२ मिटर अग्लो पर्खाल भत्किँदा रियो सान्ता उपत्यकामा नौ वटा गाउँ पुरिएका थिए।

डायबिटिजविरुद्ध इन्सुलिनको पहिलो प्रयोग
डायबिटिज अर्थात चिनी रोगको उपचारका लागि सन् १९२२ मा पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो। १४ वर्षीय लियोनार्ड थोम्पसनको टाइप १ डायबिटिजविरुद्ध पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो।

एडमन्ड हिलारीको निधन
नेपालका तेन्जिङ नोर्गे शेर्पासँगै सगरमाथामा पहिलो पटक पाइला टेक्ने न्युजिल्यान्डका प्रख्यात पर्वतारोही एडमन्ड हिलारीको सन् २००८ को ११ जनवरीमा निधन भएको थियो। हिलारीको ८८ वर्षको उमेरमा निधन भएको हो।

Logo