उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाले एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ। उत्तरले प्रहार गरेको मिसाइल पूर्वी सागरमा खसेको दक्षिण कोरियाले जनाएको छ। एक साताअघि मात्र उत्तरले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो।

उत्तरले गत साता प्रहार गरेको हाइपरसोनिक मिसाइलबारे राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल भइरहेका बेला पुनः मिसाइल प्रहार गरेको हो। 

‘उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे प्रहार गरेको व्यालिस्टिक मिसाइललाई हाम्रो सेनाले पहिचान गरेको छ,’ सीउलको जोइन्ट चीफ अफ स्टाफले संयुक्त विज्ञप्तिमा भनेको छ। उत्तरले मिसाइल प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ।एजेन्सी

Logo