भारत-चीन सीमा विवादबारे अमेरिकी प्रतिक्रिया : छिमेकीलाई ‘धम्की दिने’ बेइजिङको प्रयास

भारत-चीन सीमा विवादबारे अमेरिकी प्रतिक्रिया : छिमेकीलाई ‘धम्की दिने’ बेइजिङको प्रयास

केन्द्रबिन्दु
0
Shares

भारत-चीन सीमा विवाद जारी रहँदा अमेरिकाले छिमेकी देशलाई 'धम्की दिने' बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको प्रतिक्रिया दिएको छ। अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको बीबीसीले उल्लेख गरेको छ। 

भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा करिब तीन वर्षयता तनावको स्थिति बनेको छ। समस्या समाधानका लागि दुबै देशबीच सैन्यस्तरमा कयौंपटक छलफल भएको छ तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन। 

अमेरिकाको ताजा धारणा यस्तो बेलामा आएको छ जतिबेला भारत र चीनबीचको सैन्यस्तरको छलफलको १४ औं शृंखला सुरु हुन लागेको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार कोर कमाण्डरस्तरको यो छलफल बुधबार हुन सक्ने सम्भावना छ। 

भारत र चीनबीच हुन लागेको छलफल अघि अमेरिकामा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले यस घटनालाई हेरिरहेको बताएकी हुन्। उनले भनिन्, 'हामी सीमा विवाद कुराकानी र शान्तिपूर्ण रुपमा समाधानको समर्थन गर्छौं।'

उनले भनिन्, 'यसले अस्थिरता पैदा गर्न सक्छ। हामी चीनले छिमेकीमाथि धम्की दिने प्रयासलाई लिएर चिन्तित छौं। यस प्रकरणमा हामी आफ्ना साझेदारसँग खडा रहने छौं।'एजेन्सी

Logo